पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै
२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस २७ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९६औं जन्मजयन्ती अाज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० ओटाभन्दा बढी भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गर्नुभएको थियो । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरणको अभियान अगाडि बढाइरहनुभयो ।
उहाँको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाइने गरिएकामा २०६२/२०६३ सालको आन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरिदिएको थियो ।
यद्यपि, त्यसपछिका वर्षहरुमा पनि जनस्तरबाट पृथ्वीजयन्ती मनाउनेक्रम जारी नै छ । यो वर्ष भने सरकारले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








