निरन्तरको मतगणनाका कारण थकीत

असार १८, लोकेन्द्र थापा । केही समय देखि भइरहेको निरन्तरको मतगणनाका कारण मत गणना गर्ने कर्मचारी, दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु थकित देखिएका छन् । निरन्तरको अनिदोंका कारण उनीहरू जहाँ पायो त्यहीँ सुतिरहेको दृश्य भेरी प्राविधिक शिक्षालयमा देखिन्छ । भेरी प्राविधिक शिक्षालयमा नेपालगन्ज उपमहानगरपालिकाको मत गणना भइरहेको छ । पत्रकारहरु निरन्तर भइरहेको मतपरिमाणको ताजा मत परिमाण जनताहरू माझ छिटो पुर्याउनका निम्ति २४ सै घण्टा लागि परेका छन् । निरन्तरको प्रतीक्षाले गर्दा पनि उनीहरू निकै थकित देखिएका छन् ।

“”यो समय भनेको काम गर्ने बेला हो अहिले काम नगरे कहिले गर्ने ? त्यसैले पनि केही समयको लगातार मत परिमाणको खबर जनता माझ पुर्‍याउन हामी निरन्तर लागि परेका छौ,”” बताउँनु हुन्छ पत्रकार अमृता के सी ।

“”थकित हनु स्वभाविक नै हो २४ सै घण्टा हामी खटिएका छौ । जति सक्यो छिटो जनता माझ ताजा अपडेट गराउनमा लागि परेका छौ ।”” बताउँछन् अर्का पत्रकार भगतराम थारु ।

मतपरिणाम ४८ घण्टामा नै सक्ने भनी मतगणना भइरहे पनि अहिले सम्म केही वडाको मात्र गणना सम्पन्न भएको छ । यही रफ्तारमा मत गणना भयो भने कम्तीमा पनि अझै एक हप्ता लाग्ने बताउँछन् मत गणनामा संलग्न अधिकारीहरू ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *