“शीतलहरले २० जनाको मृत्युपछि सप्तरीमा “”कम्बल”” वितरण !”

राजविराज, पुस २६ । अत्यधिक चिसोका कारण सप्तरीमा कठ्याङ्ग्रिएर दुई बालबालिकासहित २० जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जाडोबाट जोगिनका लागि कम्बल तथा राहतका सामग्री वितरण कार्य शुरु गरेको छ । एक सातादेखि चिसो र शीतलहरबाट प्रभावित सप्तरीका शीतलहर पीडितलाई स्थानीय प्रशासनले कम्बल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले आज जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको नेतृत्वमा गठित टोलीले तीनवटा स्थानीय निकाय हनुमानगनगर कंकालनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र महदेवा गाउँपालिको २०० अति विपन्न र दलित बस्तीमा रेडक्रसको सहयोगमा कम्बल वितरण गरेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।

जिल्लाको महदेवा गाउँपालिका–१ पकरीको दलित बस्तीमा ५५, तिलाठी कोइलाडी–७ को मंसापुरको मरिक टोलमा १३ र वडा नं ८ तोपाका दलित बस्तीका ४३ र हनुमाननगर कंकालनी–११ इनरुवाको ६० घरपरिवारमा जाडोबाट जोगिन न्यानो कपडा तथा कम्बल वितरण गरेको उनले जानकारी दिए ।

यसैगरी हनुमानगर कंकालनी नगरपालिका–१३ गोवरगढाका ४५ जना दलित बस्तीका असहाय, गरिब र विपन्न घरपरिवारलाई कम्बल वितरण गरेको नगरप्रमुख शैलेश साहले बताए ।

सो टोलीमा हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेश साह, तिलाठी कोइलाडीका प्रमुख शतिश सिँह, सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादव, प्रहरी नायब उपरीक्षक ध्रुव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सप्तरी सह–सचिव चन्दन यादव, रेडक्रस सप्तरी रिमु चौधरी, सप्तरी युथ नेपालका विष्णु यादवलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =