महिला/पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु
२०७४ जेठ १५ गते

“
पोखरा, पुस २६ । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा २३औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ । नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा हुने सो प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा २८ जिल्लाका गरी १८२ पुरुष तथा महिलाको प्रतियोगितामा सहभागिता रहेको छ ।
प्रतियागितामा पुरुष र महिलातर्फ नौ/नौ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । तौल तीनपटक उठाउन खेलाडीलाई मौका पाउने र प्रत्येकपटक तौल उठाउन खेलाडीलाई एक मिनेटको समय दिइनेछ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई सन् २०१९ मा नेपालमा हुने दक्षिण एशियाली क्षेत्रीय खेलकुद प्रतियोगितामा सहभागी गराउन जिल्ला भारोत्तोलन संघका उपाध्यक्ष उमेश सिकेले बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








