मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

माई जोगमाईमा एमाले विजयी

इलाम, १८ असार । माई जोगमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका जीतबहादुर राईले पाँच हजार ६९६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बाछिरी शेर्पाले तीन हजार ९३६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै सावित्रा भट्टराईले पाँच हजार २९५ मत प्राप्त गरी विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसक लोकमाया थेवेले तीन हजार ९४२ मत प्राप्त गर्नुभयो ।

चौध हजार ८०५ मतदाता रहेको यो गाउँपालिकामा १० हजार ९३५ मत खसेको थियो । छ वटा वडा रहेको माई जोगमाईका दुई वडामा काँग्रेसका उम्मेदवार र अन्य वडामा एमालेका उम्मेदवार विजयी बनेका छन् । रासस

प्रतिकृयाहरु
Loading...