‘एन आई सी एशिया डिबेन्चर २०८१/८२’ बाँडफाँट, वार्षिक ९ प्रतिशत ब्याज

काठमाडौं, पुस २६ । एन आई सी एशिया बैंकले पुस १३ गते खोलेको ३ अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत एन आई सी एशिया डिबेन्चर २०८१/८२’आज बाँडफाँट गरेको छ । सो डिबेन्चरमा पुस २१ गतेसम्म मात्र आवेदन दिने मिति तोकिएको थियो ।

सो डिबेन्चरका डिबेन्चरधनीहरुले सोही मितिबाट अर्ध वार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले जारी गरेको सो डिबेन्चर नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशीको डिबेन्चर भएको दाबी छ ।

निकट भविष्यमा उक्त डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने र दोस्रो बजारमा समेत सोको खरिद बिक्री कारोवार गर्न सकिने बैंकले जनाएको छ ।

विगतको दशक देखी बैंकिङ्ग क्षेत्रमा कायम रहेको व्याजदरको स्थितिलाई मध्यनजर गर्दा ७ वर्षको अवधिका लागि ९ प्रतिशत व्याजदरलाई लगानीका लागि उत्कृष्ट अवसरका रुपमा लिन सकिन्छ ।

यस बैंकले जारी गरेको नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशीको डिबेन्चर नेपालको पूँजी बजारमा धितोपत्र बजारको विकासमा कोशेढुंगा सावित हुने र यसले देशको पूँजी बजार विकासमा सकारात्मक टेवा पुर्याउने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =