याम क्षेत्रीको लम्जुङ्गे मायालाई पर्वते बनाउछु बजारमा (भिडियोसहित)

काठमाडौं, पुस २६ । सुमधुर आवाजकी धनि लोकदोहोरी गायिका देवि घर्ती र सदावहार लोकप्रिय गायक याम क्षेत्रीको आवाजमा रहेको लम्जुङ्गे मायालाई पर्वते बनाउछु’ गीत भिडियोसहित सार्बजनिक भएको छ । लोकदोहोरी गायक क्षेत्रीको आफ्नै बिबाहमा छायांकन गरिएको  उक्त गीतमा प्रलाद सुबेदीको शब्द रहेको गीतमा बसन्त थापाको संगीत रहेको छ ।

दिलिप रेग्मीको निर्देशन रहेको गीतमा शम्भु चालिसेको छायांकन रहेको छ, भने सुजन शाहीको सम्पादन रहेको छ ।

गीतमा ५० भन्दा बढी लोक तथा आधुनिक गीतमा सफल अभिनय गरिसकेका चर्चित मोडल तथा सर्जक श्यारोन रेग्मी संगै दिलिप रेग्मी, प्रलाद सुबेदी,कविता, रबिना, र संगीताले कम्मर मर्काएका छन् । निकै राम्रो मिठो बनेको गीतमा गायक क्षेत्रीकै बिबाहका झलकहरु देख्न सकिन्छ । ‘

https://www.youtube.com/watch?time_continue=319&v=l7MypzHZNMs”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =