सिरहामा आँप उत्पादन घट्यो, मूल्य बढ्यो

लहान, १८ असार । आँपको राजधानी मानिने सिरहामा यसवर्ष आँपको उत्पादनमा कमी आएको थत्रBFल्लो वर्ष बढी आँप फलेकाले केही घट्ने निश्चीत थियो तर यस वर्ष रोगकिराले समेत असर पारेकाले आँप उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष पाँच हजार १७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ८ दशमलव ४ प्रतिशतका दरले ४३ हजार ४२८ सय मेट्रिक टन आँप उत्पादन भएको सो कार्यालयका बागबानी अधिकृत विन्देश्वर यादवले बताउनुभयो ।

गतवर्ष चार हजार ९५० हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ८ दशमलव ५ प्रतिशतका दरले ४२ हजार ७५ मेट्रिक टन आँप उत्पादन भएको थियो । यो वर्ष आँप राम्रो फल्ने वर्ष नभएको र आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र मधुवा किराले क्षति पु¥याएपछि आँपखेतीको क्षेत्रफल बढेपनि उत्पादन घटेको बागबानी अधिकृत यादवले बताउनु भयो । आँपको उत्पादन घटेसँगै सिरहामा आँपको मूल्य ह्वातै बढेको छ ।


यसवर्ष लहान सहितका बजारमा मालदह आँप प्रतिकिलो रु १००, बम्बर्इ आँप प्रतिकिलो रु १२०, सरही आँप रु ६०, अन्य आँप प्रतिकिलो रु ५० मा बिक्री हुँदै आएको छ । जवकी गतवर्ष सिरहामा प्रतिकिलो मालदह रु ५०, बमई रु ४० र अन्य आँप रु ३० का दरले बिक्री भएको थियो ।

आँपको सुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्नसक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ । यहाँको आँप राजधानी, विराटनगर, पोखरासहित मुलुकको विभिन्न सहरका साथै भारत लगायतका अन्य छिमेकीमूलुकमा निर्यात हुँदै आएको छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *