डा. गोविन्द केसीलाई पक्राउ गरेकोमा फेसबुक-ट्वीटरभरि आक्रोश

काठमाडौं, पुस २५ । सर्वोच्च अदालतको आदेशमा डा. गोविन्द केसीलाई पक्राउ गरिएकोमा नेतादेखि नागरिकसम्म आक्रोशित भएका छन् । आइतबार बेलुकी डा. केसीलाई पक्राउ गरिएलगत्तै फेसबुक र ट्वीटरमा आक्रोश छाएको छ ।

आमनागरिकको मुद्दा छिनोफानो गर्न वर्षौं लगाउने अदालतले डा. केसीबारेको मुद्दा एकैदिन दर्ता गर्ने, त्यही दिन बहस गरेर आदेश दिने र लगत्तै पक्राउ गर्ने घटनाले सबै आश्चर्यचकित भएका छन् ।

धेरैले गणतन्त्रमा आफूलाई लागेको कुरा बोल्न पाइने भएकाले प्रधानन्यायाधीश या न्यायाधीश र अदालतबारे असन्तुष्टी व्यक्त गर्दैमा मानहानी नहुने तर्क गरेका छन् ।

बिरामीको उपचारका लागि जहाँ पनि पुग्ने र जुनसुकै समय पनि निकाल्ने डा. केसीलाई अन्याय भएको आमनागरिकको गुनासो छ ।

आफूलाई नसोधी पक्राउ गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समेत असन्तुष्टि जनाउनुभएको छ । अरु नेता, कार्यकर्ता र नागरिकले फेसबुक र ट्वीटरमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् ।

सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन संघर्षरत डा. गोविन्द केसीको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै उहाँलाई तुरन्त रिहा गर्न सरकारसँग माग गर्छु । हाम्रो लोकतन्त्रले अन्यायको अहिंसात्मक विरोधलाई न्यायसम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार दिएको छैन ।

— Gagan Thapa (@thapagk) January 8, 2018

डा. गोविन्द के सी समकालीन नेपालमा प्रसिद्ध अंग्रेज़ी कथा Emperor’s New Clothes का अवोध बालक हुन्! हामी सबै बादशाहका आसेपासे चाकर हुने कि अवोध बालक हुने आफ्नै अन्तरात्मासंग सोधौं !

— Baburam Bhattarai (@brb1954) January 8, 2018

जित्नेले हार्ने र हार्नेले जित्ने खेल खेल्ने रहर किन जागेको होला श्रीमानहरुलाई ।

— shankar.pokhrel (@shankarpokhrel8) January 8, 2018

अवहेलना अदालतले प्रयोग गर्ने अहंकारको डण्डा होइन । प्रधानन्यायाधीश वा कुनै न्यायाधीश भ्रष्ट भयो, उसका फैसला वा आदेशमा संवैधानिक मान्यताको विचलन छ भनेर हजार पटक लेख्न, बोल्न पाइन्छ ।

— SHIVA GAUNLE (@GaunleShiva) January 8, 2018

प्रकृयानुसार :
सर्वोच्चले आदेश दिएको गृहलाई, गृहले प्रहरीले प्रधान कार्यालय, प्रधान कार्यालयले आयुक्त कार्यालय, आयुक्तले काठमाडौं परिसरमा पत्र पठाएपछि बल्ल आदेश कार्यान्वयनको चरणमा जान्छ। डा केसीलाई पक्राउ गर्न ४ घन्टा नि लागेन। सर्वसाधारणको हितको आदेश १० वर्षदेखी पेन्डिङमा छ।

— KP Dhungana (@kpdhungana) January 8, 2018

आफ्नो लागि ‘अदालतको अवहेलना’भो भन्दै घटना घटेको (बिज्ञप्ती जारी भएको) २ घण्टाभित्रै टिप्पणी र प्रतिवेदन उठाएर एक्सन लिन सक्ने हाम्रो ‘प्रोएक्टिभ’ अदालत बाँकी सामाजिक मुद्दामा भने वर्षौँ निदाउन सक्ने हैसियत राख्छ । कुन औँलाले सलाम ठोकूँ म मेरो आस्थाको धरोहर न्यायालयलाई !

— ©बाबाजी™ (@baabajee) January 8, 2018

प्रश्न र आलोचना भन्दा माथी त ईश्वर त हुन्न अधालतको के को कुरा ? प्रश्न, आलोचना र संका गरेको भरमा पक्राउ गर्नु गलत हो । हतकडी देखाएर संका भाग्ला र ?

— Rabi Mishra (@rabimishra) January 8, 2018

पत्यारिला डाक्टरलाई आलोचितले अपहेलनाको आरोप लगाएछन,न्याय विक्ने ठाँउमा फैसला जे सुकै होस जनता माझ केसीको कद थप अग्लो बनेको छ !#imwithdrkc

— ShIvA DaHaL (@dahalshivaji) January 8, 2018

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =