‘युवाले नेतृत्व लिन तयार हुनुपर्छ’

“धरान, पुस २४ । राष्ट्रिय युवा परिषद नेपालका केन्द्रीय कार्यकारी उपाध्यक्ष माधब ढुगेलले नेपाल कहाँ र कुन अबस्थामा छ भनेर नजानिकन राष्ट्रको विकास हुन नसक्ने बताएका छन् । सोमबार धरानमा आयोजित ‘युवाको मुद्धा, युवा लक्षित कार्यक्रम, तथा युवा नीति र युवा बिभाजन’ बिषयक अन्र्तकृया कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
ढुगेंललले क्षमता र नेतृत्व युवासंगै भएको भन्दै युवा वर्गले मात्रै देश र राष्ट्रलाई पहिलो नम्बरमा बुझेको दावी गरे । उनले भने ‘क्षमता र नेतृत्व युवामा छ युवाले नै देश बनाउछ त्यसैले सबैभन्दा पहिले युवाले तालिम र नेतृत्व निलु आबश्यक छ ।’
कार्यक्रममा राष्ट्रिय युवा परिषदका सुनसरी जिल्ला अध्यक्ष हर्कजङ लिम्बुले आफना संस्थाले एक बर्षको दौरानमा युवा लक्षित गरिएको कार्यक्रमके बारेमा जानकारी गराएका थिए ।
सुनसरी जिल्लाका करिब ३० जना पत्रकारहरुको सहभागीतामा सम्पनन भएको कार्यक्रमा परिषदमा तथा नेपाल सरकारका उप सचिव धुव्रराज पौडेल, मुक्तिसिंह ठकुरी लगायतले परिषदका प्रतिबेदन प्रस्तुत गरेका थिए ।
परिषदले होटल कंचनजघामै दुई दिने युवा लक्षित कार्यक्रम भोली र पर्सि गर्दैछ । जसमा प्रदेश नं १ र २ का गरी करिब २२ जिल्लाबाट युवा सहभागीता रहनेछ ।”








