धरानमा ईन्जिनिरिङ तथा अधौगिक एक्स्पो हुने

“
धरान, पुस २४ । दिगो बिकासका लागी ईन्जिनिरिङ तथा अधौगिक क्षेत्रको महत्ब बुझाउने उदेश्य सहित सुनसरीको धरानमा पहिलो पटक इन्जिनिरिङ तथा अधौगिक एक्स्पो हुने भएको छ । एक्स्पो माघ २६ गतेबाट सुरु भई २८ गते तीन दिन सम्म चल्नेछ ।
पुर्वका बिभिन्न औधोगिक क्षेत्र तथा ईन्जिनिरीङगबाट प्रबिधिको क्षेत्रमा गर्न सक्ने विकासका निम्ति यस्तो एक्स्पो गर्न लागिएको सोमबार पुर्वाञ्चल ईन्जिनिरिङ क्याम्पसमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
विभिन्न क्षेत्रको विकासका निम्ती काठमाडौं बाहिर पहिलो पटक ईन्जीनिरिङ तथा अधौगीक एक्स्पो गर्ने आफूहरुको योजना नै रहेकाले सोही योजना अनुरुप कार्यक्रम गर्न लागेको नेपाल तराई बिद्यार्थी नवजागरण संघका अध्यक्ष कुबेर यादवले जानकारी दिएका छन् ।
उक्त अवसरमा कार्यक्रमका संम्योजक रामशंकर मंण्डलले धरानमा औधोगीक क्षेत्र तथा ईन्जीनिरिङ बिषयका बिषय बस्तुलाई टाग्रेट गरी अधौगीक व्यवसायको बजार राम्रो बनाउन पनि एक्स्पो आवश्यक रहेको उनले धारणा राखे ।
५ लाखको लागतमा संञ्चालन हुन लागेको सो एक्स्पोमा ५० वटा औधोगीक तथा ईन्जीनिरिङ संग सम्बन्धीत स्टलहरु राखिनेछ ।
त्यस्तै सोही एक्स्पोमा धरानका १३ बटा बिद्यालय तथा कलेजको सहभागीतामा रोबर्ट प्रतियोगीता गराउनुका साथै सांगीतीक कार्यक्रम, समेत आयोजना गरीनेछ ।
जसमा तपस्बी बैण्ड लगायतका कालकारहरुको हरेक दिन प्रस्तुती रहने नेपाल तराई बिद्यार्थी नवजागरण संघका धिरज कुमार कामतीले जानकारी दिए ।
“








