एन आई सी एशिया बैंकका शाखाहरु आँबुखैरेनी र गोरखामा पनि

“
काठमाडौं, पुस २४ । एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, तनहुँको आँबुखैरेनी र गोरखा गोरखामा पनि बिस्तार भएका छन् । सोमबार ति दुबै शाखाहरुको एक समारोहका बिच औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाबाट आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीबाट गोरखा शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको हो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
“








