सोलारको पोलमा मोटरसाईकल ठोक्किंदा पाईलटको मृत्यु
२०७४ जेठ १५ गते

“
पोखरा, पुस २४ । पोखराको न्यूरोड स्थित सडक किनारामा रहेको सोलार बत्तीको पोलमा मोटर साईकल ठोक्किदा चालकको ज्यान गएको छ । पोलमा ठोक्किएर ग १३ प ७६८१ नम्बरको मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा तनहुँ स्थायी घर भई हाल पोखरा स्थित न्यूरोडमा बस्ने ३० वर्षिय सन्दिप सिग्देल रहेका छन् । तिव्र गतिमा हाँकिएको मोटरसाईक निणन्त्रणमा लिन नसक्दा गएराति करिब सवा ११ बजे सडक किनारमा रहेको सोलार बत्तिको पोलमा ठोक्किएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सिग्देल टिम फाईभ प्याराग्लाईडिङका पाईलट समेत हुन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








