रंगभुमिद्धारा ‘इङघङ’ नाटक मञ्चन हुने

“
धरान, पुस २३ । रंगभुमी एकेडेमीद्धारा इङघङ (सन्देश) नामक नाटकको मञ्चन माघ ९ गतेदेखी १६ गते सम्म धरानमा हुने भएको छ । धरान ८ भोटेपुल स्थित धरान सभागृहको हलमा सो नाटक मंञ्चन हुने नाटकको तयारीमा जुटेको एकेडेमीका अध्यक्ष बिष्णु मोक्तानले जानकारी दिए ।
लामो समयदेखि नाटक हेर्न लालाहित बनेका धराने नाट्यप्रेमीको प्रतिक्षाको घडि समाप्त हुुनुका साथै नाटयकर्मीहरुको हौसलालाई समेत माथि उठाउनका लागी यस्ता किासिमको नाटको आयोजना गर्न लागिएको मोक्तानले बताए ।
मोक्ताकै लेखन निर्देशन रहेको नाटकमा, दिपेन्द्र सिंह दर्नाल, प्रेशिका निरौला,तुलसा थापा,शंकर थापा,गेबी लिम्बु,हरी ईवाहाङ कुमारी राई ,उदिप लिम्बु, निश्चल कुलुङ,सनेनाम मगर र मिलन चाम्लिङ लगायतको अभिनय रहनेछ ।
उक्त नाटकमा संगित संयोजन बिनायक राईले गरेका छन भने सो नाटकमा नया कलाकार भएपनि उनीहरु मार्फत नाटक पारखीहरुले नाटकको तृष्णा सहजै मेटाउन सक्ने दावी मोक्तानको छ ।
“








