सिन्धुलीमाडी र बेसीशहरमा एनआईसी एशिया बैंकले खोल्यो नयाँ शाखा

“
काठमाडौं, पुस २३ । एनआईसी एशिया बैंकले सिन्धुलीको कमलामाई नगरपालिका सिन्धुलीमाडी, र लम्जुङ्गको बेसीशहरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार एक समारोहका बिच दुइवटै शाखाको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठबाट सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाबाट बेसीशहर शाखाको औपचारिक रुपमा उद्घाटन गरिएको बैंकका सुचना अधिकारी रोशन कुमार न्यौपानेले जानकारी दिए ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको उद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
“








