इजरायली पूर्व प्रधानमन्त्री अल्मर्ट जेलमुक्त

मला, इजरायल । इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्ट आइतबार जेलमुक्त हुनुभएको छ । उहाँलाई जमानीमा मुक्त गरिएको समाचारमा जनाइएको छ । उहाँ भ्रष्टाचारको मुद्धमा जेलमा रहनुभएको थियो । जमानीमा मुक्त भएका उहाँको बाँकी जेल बस्नुपर्ने समयको एक तिहाइजति अवधिमा कटौती गरिएको बताइएको छ । उहाँ इजरायलका पूर्व प्रधानमन्त्रीको हैसियतमा जेलमा बस्ने पहिलो नेता हुनुहुन्छ । उहाँलाई मध्य इजरायलको मासियाहु जेलबाट मुक्त गरिँदा त्यहाँ ठूलो सङ्ख्यामा सम्वाददाता उपस्थित भएका थिए । तर, उहाँले सम्वाददाताहरुलाई प्रतिक्रिया दिन मान्नुभएन । उहाँ जेलबाट बाहिर निस्किदाको तस्बिर लिन कैयौँ सम्वाददाताहरु बिहानै त्यहाँ पुगेका समाचार समितिहरुले जनाएका थिए ।

कालो टिसर्ट लगाएर बाहिरिएका उहाँले सम्वाददाताहरुले प्रतिक्रियाका लागि गरेको सङ्केतको वास्ता गर्नुभएन र सरासर अघि बढ्नुभयो– समाचारमा उल्लेख छ । एकहत्तर बर्षीय अल्मर्ट सन् २००६ देखि २००९ सम्म इजरायलको प्रधानमन्त्री हुनुभएको थियो । उहाँमाथिको भ्रष्टाचारको आरोप प्रमाणित भएपछि थुनामा राखिएको हो ।

उहाँलाई सन् २०१६ को फेब्रुअरीमा जेल चलान गरिएको थियो । उहाँलाई अदालतले २७ महिनाको जेल जिवनको सजाय सुनाएको थियो । तर, जेल बस्नुपर्ने बाँकी अवधिका लागि उहाँले अब घरमै बस्नेगरी जमानी प्राप्त गर्नुभएको छ । यसबाट उहाँको बाँकी जेल बस्नुपर्ने अवधिमा एक तिहाई कमी आएको समाचारमा उल्लेख छ ।

जेल जिवनमा कटौती गरी थुनुवाहरुलाई केही समय मिनाहा दिने बोर्डले उहाँमाथिको अपराध त्यति गम्भीर प्रकृतिको नरहेको र घरैमा बसेर पनि पुनस्र्थापना केन्द्र सरह ब्यवहार र आचरणमा परिवर्तन ल्याउन आचरण सुधारका क्रियाकलाप गराउन सकिने भएकोले उहाँलाई जमानीमा मुक्त गरिएको बताएको छ । रासस÷एएफपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *