थारु भाषालाई सरकारी कामकाजको भाषा बनाइने
२०७४ जेठ १५ गते

“
दाङ, पुस २३ । घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।
उपमहानगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित नीति कार्यक्रमअनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।
सोअनुसार थारु भाषामा आएका निवेदन दर्ता गरी कार्यसम्पादन हुनेछ भने कार्यालयमा नगर प्रमुख नरुलाल चौधरीसहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारीले थारु सेवाग्राहीसँग आफ्नै भाषामा कुराकानी गर्नेछन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








