हृदयघात भएका सांसद मरासिनीलाई काठमाडौं ल्याइयो
२०७४ जेठ १५ गते

“काठमाडौं, पुस २३ । स्याङ्जा क्षेत्र नं १ का नेकपा एमालेका सांसद नारायणप्रसाद मरासिनीलाई हृदयघात भएको छ ।हृदयघात भएपछि उनलाई बुधवार पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो ।
मणिपाल अस्पतालमा सामान्य उपचारपछि मरासिनीलाई थप उपचारको लागी आज बिहान हेलिकोप्टरबाट काठमाडौ ल्याइएको छ । मरासिनीको काठमाडौ बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य देखिन्छ र थप परीक्षण भइरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








