नवलपरासीमा पाँच स्थानको नतिजा सार्वजनिक

नवलपरासी, १८ असार । नवलपरासीमा दुई स्थानमा नेपाली काँग्रेस र एक एक स्थानमा क्रमशः नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक फोरम विजयी भएको छ । सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकामा काँग्रेस, सुस्ता गाउँपालिकामा एमाले, पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्र र सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी बनेको हो । नवलपरासीमा कुल सातवटा स्थानीय तहमध्ये बर्दघाट र रामग्राम नगरपालिकाबाहेक अन्य सबै स्थानमा मतगणना सम्पन्न भएका छन् । पछिल्लो पटक पाल्हीनन्दन र सरावल गाउँपालिकामा मतगणना सम्पन्न भएको छन् ।

पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता (दीपक) चार हजार ८६५ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजेन्द्रकुमार सहानीले चार हजार ३९४ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपाध्यक्ष पदमा काँग्रेसकी उम्मेदवार पवित्राकुमारी कोहाँर तीन हजार ९१७ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार अष्टबुजी चौधरीले तीन हजार ७३५ मत प्राप्त गर्नुभएको थियो ।

सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिकका उम्मेदवार राधेश्याम चौधरी पाँच हजार ४५ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार प्रदीपकुमार अग्रहरीले तीन हजार ९१६ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपाध्यक्ष पदमा काँग्रेसकी उम्मेदवार उत्तमा कुमारी राय चार हजार ४५८ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका उम्मेदवार सुनिता हरिजनले चार हजार ३४३ मत प्राप्त गर्नुभएको थियो ।

यता सुनवल नगरपालिकाको प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीमबहादुर थापा (भरत) नौ हजार ९०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार विमला अर्यालले नौ हजार १८२ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपप्रमुख पदमा एमालेका उम्मेदवार ददिराम अर्यालले नौ हजार ९१० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार तारादेवी भण्डारीले आठ हजार ५५४ मत प्राप्त गर्नुभएको थियो ।

प्रतापपुर गाउँपालिकामा काँग्रेस र सुस्ता गाउँपालिकामा एमाले विजयी भएका छन् । प्रतापुरमा नेपाल लोकतान्त्रिक फोरमका खेमनारायण चौधरीलाई ७०९ मतले पराजित गर्दै काँग्रेसका राजकुमार शर्मा अध्यक्षमा विजयी हुनुभएको छ । शर्माको चार हजार ४३६ र चौधरीको तीन हजार ७२७ मत छ । उपाध्यक्षमा पनि काँग्रेस विजयी भएको छ । फोरमकी गुनकुमारी थारुलाई एक हजार ४०५ मतले हराउँदै काँग्रेसकी अञ्जुकुमारी चौधरी विजयी हुनुभएको हो । चौधरीको चार हजार ४८६ र थारुको तीन हजार ८१ मत छ ।

यसैगरी सुस्ता गाउँपालिकामा काँग्रेसका हसमुद्दिन शेखलाई ५५३ मतले पराजित गर्दै एमालेका रामप्रसाद पाण्डेय वडाध्यक्षमा विजयी हुनुभएको छ । पाण्डेयको तीन हजार ५११ र शेखको दुई हजार ९५२ मत छ । त्यसैगरी उपाध्यक्षमा एमालेकी इन्द्रकुमारी थरुनीले काँग्रेसकी विमला ढुङ्गानालाई ७२९ मतले पराजित गर्नुभएको छ । थरुनीको तीन हजार ५६५ छ भने ढुङ्गानाको दुई हजार ८३६ मत छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *