शीतलहरका कारण सप्तरीमा ७ जनाको मृत्यु

सप्तरी, पुस २३ । एक सातादेखिको शीतलहरका कारण सप्तरीमा सात जनाको ज्यान गएको छ । चिसोले शनिवार थप एक जनाको मृत्यु भएपछि ज्यान जानेको संख्या ७ पुगेको हो ।

सप्तरीको तिलाठी कोईलाडि गाउँपालिका २ लौनियाँका ५५ वर्षिय सुजान ठाकुरको शुक्रवार राति चिसोका कारण कठयाङ्गिएर ज्यान गएको हो । खाना खाएर राती सुतेका ठाकुरको विहान नउठेपछि हेर्न जाँदा ओछ्यानमै मृत फेला परेको परिवारले जनाएको छ ।

यसअघि सप्तरीकै महदेवा गाउँपालिका वडा नम्बर २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीय नाजो बेगम र १० का ६५ वर्षीय कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ बरही बिरपुरका ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय तथा ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो ।

एक सातभन्दा लामो शीतलहरका कारण चिसो बढेपछि चिसोले छोडेन तराइका बालबालिका र बृद्धा बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =