IELTS काे प्रश्नपत्र विक्रि गरेकाे अाराेपमा ४ कलेज सञ्चालक सहित १३ पक्राउ

पुस २२, काठमाडौं । ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा प्रश्नपत्र किनबेच हुने गरेको खुलेको छ । हिजो राति प्रहरीले चार कलेज सञ्चालकसहित १३ जनालाई पक्राउ गरेपछि IELTS को प्रश्नपत्र किनवेच हुने गरेको खुलेको हो । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ भने अन्यलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार प्रश्नपत्र आउट गराउँछु भन्दै विद्यार्थीहरुबाट मोटो रकम असुलेको भेटिएको छ । ‘विद्यार्थीसँग १ देखि २ लाखसम्म लिएको पाइएको छ’ महानगरीय प्रहरी स्रोत भन्दछ ।

लिक गरिएको प्रश्न र शनिबारका लागि तय भएको आईईएलटीएस परीक्षा मिलेको पाइएको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको भन्दै अन्य जानकारी दिएको छैन ।

घटनाबारे भोलि विस्तृत जानकारी गराइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 उच्च शिक्षा हासिल  गर्न अस्ट्रेलिया जाने विद्यार्थीहरूले IELTS उत्तिर्ण गरेकाे हुनुपर्छ । केेहि समययता IELTS  नगरीकनै विदेश पढ्न जान पार्इन्छ भनेर शैक्षिक माफियाहरू दिनहुँ जस्तो शैक्षिक परामर्शका नाममा मेला र सेमिनार  समेत गरिरहेका छन् ।

यस्ता मेला र सेमिनारमा समेत नेपाली विद्यार्थी र अभिभावक ठगिइरहेका अवस्था छ । करिब ६ महिना अघि  IELTS  बिनै अष्ट्रेलिया पठाईदिन्छु भन्दै सेमिनार गर्ने मलेसीयन नागरिकलार्इ प्रहरीले पक्राउ गरे गरेकाे थियाे । विद्यार्थीबाट पटक पटक गरी १ करोड २५ लाख रुपैंया ठगेको उजुरीका आधारमा प्रहरीले मलेसियन नागरिक रामादास वास्करदसलाई पक्राउ गरेको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =