बस दुर्घटनामा ३० जना घाइते

सिन्धुपाल्चोक, १८ असार । ठूलो सिरुवारीबाट काठमाडौँतर्फ गइरहेको बा २ ख २७०२ नं को बस चौतारा–बन्देउ सडक खण्ड अन्तर्गत पोखरेवेसीमा आज दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम अधिकारीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको बा ६४ प ३०२६ नं को मोटरसाइकललाई जोगाउन खोज्दा बस भिरमा खस्न पुगेको थियो ।

घाइते सबैको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *