पोखरामा रोकिराखेको बसमा आगलागी
२०७४ जेठ १५ गते

“पोखरा, पुस २२ । पोखराको जीरोमा सडकछेउमा रोकिराखेको गाडिमा आगलागी भएको छ । लामोसमयदेखि रोकिराखेको गाडीमा अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट ना ५ ख ७२०४ नम्बरको गाडीमा क्षति भएको छ । गाडीको बाहिरी भागमा खासै असर नपरेपनि भित्री भाग पूर्ण रुपमा चलेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले बसमा लागेको आगो नियन्त्रणमा लिएका छन् । आगलागीको कारणबारे कुनै जानकारी आएको छैन । यसबारे अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








