चितवन र नवलपुरबाट तेक्वान्दो खेलाडी छनौट

भरतपुर, पुस २२ । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसीप २०७४ अन्तर्गत तेक्वान्दो छनौट प्रतियोगिताको फाइनल खेलहरु शनिबार सकिएको छ । चितवन र नवलपुरबाट तेक्वान्दोका १६÷१६ जना खेलाडी छनौट भएका राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।

चितवनबाट राजन गुरुङ (५४ किलो) बुद्ध मगर (५८ किलो) महिलातर्फ करिना श्रेष्ठ (४६ किलो) छायाँदेवी आचार्य (४९ किलो) प्रेरणा भुसाल (५३ किलो) लगायतका खेलाडी छनौट भएका हुन् ।

त्यस्तै नवलपुरबाट पावल खत्री (५४ किलो), साजन तामाङ (५८ किलो) गोपाल परियार (६३ किलो) लगायतका खेलाडी छनौट भएका छन् । छनौट प्रतियोगितामा चितवन र नवलपुरबाट एक सयभन्दा बढी खेलाडी सहभागी भएका थिए ।

छनौट भएका खेलाडीहरु क्षेत्रीय प्रतियोगितामा सहभागी जनाउनेछन् । छानिएका चितवनका तेक्वान्दो खेलाडीहरु मध्यमाञ्चल प्रतियोगितामा र नवलपुरका खेलाडीहरु पश्चिमाञ्चल प्रतियोगितामा सहभागी जनाउने श्रेष्ठले बताए । प्रतियोगितामा छनौट भएका खेलाडीहरुलाई खेलकुद विकास समितिका सचिव रामजी ढकालले शुभकामना दिएका थिए । नवलपुर तेक्वान्दो संघका अध्यक्ष कुसुम सुवेदीले खेलाडीहरुको प्रगतिको कामना गरिन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =