पाटन नगरपालिकामा काँग्रेस विजय

बैतडी, १८ असार । बैतडीको पाटन नगरपालिकामा नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका केशवबहादुर चन्दले चार हजार ८३३ मत प्राप्त गरी विजयी हुनुभएको हो । त्यसैगरी उपप्रमुखमा नेकाकै सरस्वती कोली तीन हजार ६९५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुरा भट्टराईले तीन हजार ४५६ मत प्राप्त गनुभएको थियो ।

त्यसैगरी, नपा प्रमुखको प्रतिद्वन्द्वीका नेकपा एमालेका नरेश विश्वकर्माले तीन हजार ३८२ मत प्राप्त गर्नुभयो । उक्त नगरपालिकाका वडाध्यक्षमा वडा नं २, ५, ६ र ८ मा नेकाले विजय हासिल गरेको छ । त्यसैगरी, नेकपा एमालेले वडा नं ४, ७, ९ र १० मा विजय हासिल गरेको छ । त्यसैगरी माओवादी केन्द्रले वडा नं १ र ३ मा विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । त्यसैगरी, बैतडी जिल्लाकै दोगडा केदार गाउँपालिकामा नेकपा एमालेले विजय प्राप्त गरेको छ । एमालेका चक्रबहादुर कार्कीले तीन हजार १४९ मत प्राप्त गरी गाउँपालिकाका अध्यक्षमा विजयी हुनुभएको छ । त्यसैगरी, उपाध्यक्षमा एमालेकै पार्वती ऐडी कार्कीले तीन हजार २१७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

अध्यक्षका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तारा कुँवरले दुई हजार ७९१ मत प्राप्त गर्नुभएको र उपाध्यक्षको प्रतिद्वन्द्वीमा माओवादी केन्द्रकै लक्ष्मी ओडले दुई हजार २९६ मत प्राप्त गर्नुभयो । बैतडीकै सिगास गाउँपालिकामा नेकाले विजयी हासिल गरेको छ । नेकाका हरिसिंह धामीले दुई हजार ३३२ मत प्राप्त गरी विजयी हुनुभयो ।

त्यसैगरी, गाउँपालिका उपाध्यक्षमा नेकाकै द्रोपती चन्दले एक हजार ८५५ मत प्राप्त गरी विजयी हुनुभयो । अध्यक्षको निकटतम प्रतिद्वन्द्वी राप्रपाका रामसिंह साउदले एक हजार ४७३ मत प्राप्त गर्नुभयो । त्यसैगरी, उपाध्यक्षको निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका भृकुटी चन्दले एक हजार ४५५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *