कैलालीमा चिसो बढेसँगै अस्पतालमा बिरामीको चाप

धनगढी, पुस २२ । कैलालीमा जाडो बढेसँगै निजि तथा सरकारी अस्पतालहरूमा रुघाखोकी, निमोनिया, दम, झाडापखाला लगायतका रोगबाट ग्रस्त बिरामीको संख्यामा बृद्धि भएको छ । सेती अञ्चल अस्पतालमा पछिल्लो एक सातामा उपचारका लागि आउने बिरामीमध्ये ७० प्रतिशत चिसोबाट प्रभावित रहेको अस्पतालको तथ्यांकले देखाएको छ ।

अञ्चल अस्पताल प्रशासनका अनुसार हाल दैनिक एक सय ५० देखि दुई सय जना बिरामी उपचारका लागि आउने गरेका छन् । पछिल्लो एक सातायता अस्पतालमा उपचारका लागि आउने बिरामीमा ज्येष्ठ नागरिक र बालबालिकाको संख्या बढी छ । अञ्चल अस्पतालका इमर्जेन्सी ईञ्चार्ज कृष्ण बोहराले भने– ‘दम र रुघाखोकीका बिरामीको संख्या निकै बढेको पाइएको छ।’

अस्पतालमा आएका ज्येष्ठ नागरिकहरू मुटुसम्बन्धी समस्या, दम लगायतको रोगको उपचारका लागि आउने गरेको इमर्जेन्सी वार्ड ईञ्चार्ज बोहराले बताए । उनका अनुसार दैनिक १० जना ज्येष्ठ नागरिकहरू मुटुसम्बन्धी समस्या लिएर आउने गरेका छन् ।भने जाडो का कारण जनजीवन पनि निकै कस्ट्कर बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 19 =