तानसेन नगरपालिकामा एमाले विजयी

पाल्पा, १८ असार । पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजय हुनुभएको छ । प्रमुखका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेकाकै लालु रानाले आठ हजार ३८९ मत प्राप्त गर्नु भएको थियो ।

बगनासकालीमा अध्यक्ष काँग्रेस विजय

बगनासकाली गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण बस्याल विजय हुनुभएको छ । बस्यालले पाँच हजार ५९४ र उपाध्यक्षमा नेकपा एमालेका सरस्वती चिदीले पाँच हजार ५०५ मत प्राप्त गरी विजय हुनुभएको हो । बस्यालका निकटम नेकपा एमालेका देवी बस्यालले पाँच हजार ३४६ मत र उपाध्यक्षमा नेकपा माओवादीका कृष्ण भुषालले चार हजार ०५६ मत प्राप्त गर्नुभयो ।

रैनादेवीमा काँग्रेस विजय

रैनादेवी छहरा गाउँपालिकामा नेका विजय भएको छ । गाउँपालिका अध्यक्षमा नेकाका रामबहादुर कार्की र उपाध्यक्षमा काँग्रेसकै चेतना गाहा विजय हुनुभएको निर्वाचन अधिकृत यादवराज शर्माले जानकारी दिनुभयो । नेकाका कार्की पाँच हजार १४६ र चार हजार ९४३ मत प्राप्त गरी विजय हुनुभएको छ ।

रिब्दीकोटमा एमाले विजय

रिब्दीकोट गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका नारायण जिसी र उपाध्यक्षमा एमालेकै लक्ष्मी खनाल विजय हुनुभएको छ । जिसीले तीन हजार ८३ र खनालले तीन हजार ८८१ मत प्राप्त विजय हासिल गर्न सफल हुनुभएको हो । अध्यक्षका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लीलाबहादुर कार्कीले दुई हजार ८४८ मत र नेकाका कमला छहरीको दुई हजार ८९९ मत प्राप्त गर्नुभयो ।

माथागढी गाउँपालिकामा काँग्रेस विजय

माथागढी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका सन्तोषकुमार थापा विजयी र उपाध्यक्षमा निर्मला भट्टराई विजयी हुनुभएको छ । अध्यक्ष थापाले ६ हजार ९६ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका बिमल काफ्लेले चार हजार २१ मत ल्याउनुभएको छ । उपाध्यक्ष भट्टराईले पाँच हजार ६२४ मत ल्याएर विजयी बन्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका माया चिदीले चार हजार १०१ मत पाउनुभएको थियो ।

तिनाहुँ गाउँपालिकामा एमाले विजय

तिनाहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका यमबहादुर घर्ती दुई हजार ८१९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकाका महेन्द्र पाण्डेयले दुई हजार ७०७ मत ल्याउनुभएको थियो । गाउँपालिकाको उपाध्यक्षमा एमालेका दमन्ती थापा विजयी हुनुभएको छ । उहाँले दुई हजार ८७५ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकाका मन कार्कीले दुई हजार ६८६ मत पाउनुभएको छ ।

पूर्वखोला गाउँपालिकामा एमाले विजय

पूर्वखोला गाउँपालिकाको अध्यक्षमा एमालेका नुनबहादुर थापाले आठ हजार ८३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकाका झमनराज मगरले एक हजार ३२ मत ल्याउनुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका भागिरथी भट्टराईले पाँच हजार ४०० मत ल्याई विजयी हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकाका पुष्पा गाहाले एक हजार १४३ मत पाउनुभएको थियो ।

निस्दी गाउँपालिकामा एमाले विजय

निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मुक्तबहादुर सारु विजयी हुनुभएको छ । उहाँले पाँच हजार ३२० मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकाका शालिकराम पाण्डेयले दुई हजार २५३ मत ल्याउनुभएको छ । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै रीता अर्याल निर्वाचित हुनुभएको छ । अर्यालले पाँच हजार २५६ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बलु गैरेले दुई हजार १८५ मत पाउनुभएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *