बनेपामा टिपरको ठक्करबाट कञ्चनपुरकी विमलाको मृत्यु

बनेपा, पुस २२ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिंदा कञ्चनपुरको शुक्लाफाँटा–८ की विमला ठगुन्नाको मृत्यु भएको छ । बा ४ ख ४६४९ नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ३७२५ नंको स्कुटीलाई ठक्कर दिँदा २० वर्षीया स्कुटी चालक विमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी ठगुन्नाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनापछि स्थानीयले केहीबेर यातायात अवरुद्ध गरेका थिए । राजमार्ग खुलाउन प्रहरीले हस्तक्षेप गर्दा केहीबेर तनाव भएको थियो ।

तर अहिले स्थिति नियन्त्रणमा आइसकेको र राजमार्ग सञ्चालन भइसकेको प्रहरीले जनाएको छ । अवरुद्ध यातायात खुलाउन प्रहरीले ६ सेल अश्रृग्यास प्रहार गरेको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =