तरकारी बेच्ने रतियादेवी मृत फेला
२०७४ जेठ १५ गते

“
जनकपुरधाम, पुस २२ । जनकपुर उपमहानगरपालिका–९ मा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका–९ की ५२ वर्षीया रतियादेवी यादव रामानन्द चोकको तरकारी बजारमा मृतावस्थामा फेला परेकी हुन् ।
यादव रामानन्द चोकको तरकारी बजारमा तरकारी बेच्ने गरेकी थिइन् । मृतकले लगाएकी चप्पल फोहर फाल्ने कन्टेनरमा भेटिएको र अन्य अनुसन्धान जारी रहेको प्रहरीले जनाइएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








