त्रिशूलीमा खसेर एक बेपत्ता

असार १८, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकै एक व्यक्ति चिप्लिएर लड्दा त्रिशूलीमा खसेर बेपत्ता भएका छन् । बिवाहका लागि काठमाडौँबाट नवलपरासीको दलदले आउँदै गरेको लु १ ख ९८८१ नंम्बरको गाडीमा सवार जन्तीसँगै रहेका करिव ४५ वर्षीय रञ्जन चापागार्इं सडक छेउबाट आज चिप्लिएर त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ५ :४५ मिनेटको समयमा लडेका उनको अवस्था अज्ञान रहेको छ । जाम परेर गाडी रोकिएका बेला बाहिर निस्किएका उनी सडकछेउबाट चिप्लिएर लडेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उनी पिसाब फेर्न लाग्दा लडेको अनुमान गरिएको छ । अहिले उनको खोजी भइरहेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । घटनास्थल मुग्लिन र कुरिनटारको बीचमा पर्छ ।

यसअघि, शुक्रबार र शनिबार पनि कालीखोला नजिकै चिप्लिएर लड्दा एक जनाको पहिरोमा परेर मृत्यु भएको थियो भने अर्का एकजना बेपत्ता नै छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *