सरकारले अस्थाई राजधानी नतोक्ने
२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस २२ । सरकारले अस्थायी राजधानी नतोकी प्रदेश प्रमूख नियुक्त गर्ने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशका प्रमुख नियुक्त गर्ने तयारी गरको बाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिनुभयो । तर अस्थायी राजधानी भने तत्काल नतोक्ने उहाँले बताउनुभयो । अस्थायी राजधानीको विषयमा विवाद बढ्दै गएपछि सरकार राजधानी तोक्ने पूर्व तयारीबाट हटेको छ ।
संविधानअनुसार प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई रहेकाले सरकारले यसबारे निर्णय नगर्ने मन्त्री विश्वकर्माले बताउनुभयो । तर संविधानमा भने प्रदेशसभाले राजधानी नतोक्दासम्म संघीय सरकारले नै अस्थायी राजधानी तोक्न सक्ने उल्लेख छ । एमाले र माओवादीले पनि अस्थायी राजधानीबारे सुझाव नदिएपछि सरकारलाई अप्ठ्यारो परेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








