धवलागिरिमा ‘स्मार्ट लाइसेन्स’

बागलुङ, १८ असार । धवलागिरि अञ्चलबाट विद्युतीय प्रणालीको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) बाँड्न थालिएको छ । टिकाउ, सुरक्षित र विश्वसनीय मानिने ‘स्मार्ट लाइसेन्स’ सुरुमा २० जनाले पाएका छन् । नयाँ लिने र नवीकरण गर्नेले समेत अब विद्युतीय प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्नेछन् ।

‘लाइसेन्स’ वितरणमा एक रुपता ल्याउन नयाँ प्रविधि अपनाइएको धवलागिरि अञ्चल यातायात व्यवस्था कार्यालय बागलुङले जनाएको छ । ‘स्मार्ट लाइसेन्स’ विदेशमा समेत सहज रुपमा प्रयोग गर्न सकिने कार्यालय प्रमुख राजेन्द्रप्रसाद घिमिरेले बताउनुभयो ।

यातायात व्यवस्था विभागले बागमती अञ्चलपछि धवलागिरि र गण्डकी अञ्चलमा ‘स्मार्ट लाइसेन्स’ वितरण सुरु गरेको उहाँको भनाइ छ । सवारी चालकको सम्पूर्ण विवरण कम्प्युटरमार्फत भरेपछि विभागबाटै ‘स्मार्ट लाइसेन्स’ छापिएर आउने गरेको छ । ‘स्मार्ट लाईसेन्स’को अवधि १० वर्षको हुने र बनाउँदा रु ५०० राजस्व तिर्नुपर्ने व्यवस्था छ । पहिलो पटकको वितरण प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्था विभागबाट प्राविधिक टोली यहाँ खटिएका थिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *