नेपालगन्जमा धवलको धक्काले ठूला दल छक्क

असार १८, नेपालगन्ज । १० गाई गन्दा अरुको १ मत आउँछ’, तीन दिनदेखि निरन्तर भेरी प्राविधिक शिक्षालयमा मतगणनामा खटिएका एक  एमाले नेताले भने, आश्चर्य चकित छु, गाई, गाईले हल गुञ्जिन्छ ।’ उनको तर्क थियो, २०६४ सालमा फोरमको चुनाव चिन्ह लुक्का गुञ्जिरहेको झल्को दिन्छ ।’ पहिलो संविधानसभा निर्वाचन सम्झंदै उनले भने, अहिल गाईमा त्यस्तै लहर आयो । ’ डा. धवल शमशेर राणासँग ठूला दलहरुलाई यो कुराको पूर्वाभाष थियो’, एकीकृत माओवादीबाट वडामा पराजित एक जना उम्मेदवारले मतको टेन्ड सम्झदै भने, त्यस कुराको छनक उनले पछिल्लो संविधानसभा निर्वाचनमा नै दिएका थिए ।’

त्यतिबेला प्रधानमन्त्री पदलाई प्रचारित गरेर नै सुशिल कोइरालालाई सबैले साथ दिनु परेको ती माओवादी नेताको दाबी थियो । अहिले उनको त्यो व्यक्तित्वलाई चुनौति दिने नेतृत्व ठूला दलहरुले दिन सकेनन्’, उनको तर्क थियो । नेपाली कांग्रेसका नेताहरुले भने धवलको ‘धक्का’लाई अस्वभाविक मान्दैनन् । ‘उम्मेदवारी चयनमा देखिएको विवाद व्यवस्थापन गर्न नसक्नु नै हाम्रो परिणामको दुर्दशा हो’, मतगणनाबाट बाहिर निस्कदै गर्दा काग्रेसका एक युवा नेताले भने, ‘मतदानको टेन्ड हेरेर रुन मन लाग्छ ।’ उनले धवलले गरेको पूर्व तयारी र उनको कार्यकालमा यसअघि मेयर रहँदा गरेको कामले परेको छापले नै यो नतिजा आएको प्रतिक्रिया दिए ।

अहिले विहान प्रकाशित परिणाम अनुसार धवलले ६ हजार ५ सय ७ मत प्राप्त गरेका छन् । कांग्रेस, माओवादी, एमाले र फोरमले क्रमशः ३ हजार ९ सय ८, ३ हजार ६ सय ३५, ३ हजार १ सय १६ र २ हजार २ सय ५८ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । ठूलो दलहरुलाई ती ठाउँमा पछाडी पारे जँहा उनीहरुको ठूलो आशा थियो । ‘हामीले विश्वास गरेका ठाउँहरुबाट मत राप्रपामा जाँदा प्रमुख पद जित्नेमा ठूलो चुनौति देखिएको छ’, कांग्रेस, एमाले र माओवादीका नगर नेताहरुको निष्कर्ष छ । यद्यपि, अझै ११ वडाहरुको मत गणना बाकि नै छ ।

‘होइन, ढुक्क हुनुस्, परिणाम हामीले सोचेजस्तै आइरहेको छ’, राप्रपा बाकेका अध्यक्ष नरेन्द्र पौडेलले शनिबार राती वडा नं. ८ को परिणाम घोषणा तयारी चल्दै गर्दा भने, हामी ८ देखि १० वटा वडा प्यानलै जित्दैछौं ।’ अध्यक्ष पौडेलले संगठनको निरन्तर मेहनत, डा. राणाको बर्षौको लगानी र जनताको विश्वास जित्न चुनावी तयारीमा गरिएका प्रयासले नै पछिल्लो परिणाम प्राप्त भएको बताए । गत फागुनदेखि हामी निरन्तर जनतामाझ छौं’, अध्यक्ष पौडेलले भने, ‘पहिलो चरणको परिणाममा पार्टीलाई नराम्ररी झट्का लागेपछि रातदिन खटेर यो परिणाम ल्याउन प्रेरणा पनि मिलेको हो ।’ वडा नं. ६ र २२ को परिणाम अनपेक्षित रुपमा अर्काको पक्षमा गएको भन्दै पौडेलले दुखेसो गरे । ८, १०, १२, १३ र २० वडामा पार्टीको राम्रो प्रभाव रहेको दाबी गर्दै उनले भने, ‘एक छापे मत हेर्नुभयो भने पार्टीको प्रभाव जनतामा परेको देख्नुहुन्छ ।’ ‘केहीहद सम्म डा. राणाको व्यक्तित्व र यसअघि कार्यकालमा गरेका कामको सम्मान जनताले गरेकै हुन्’, पौडेलले भने ।

‘जनप्रतिनिधि विहीन अवस्थामा कर्मचारीले डा. राणाको कार्यकालमा भएका विकास निर्माणका कामको भ्याकुम चिर्न सकेनन्’, नेपाली कांग्रेसका नगर अध्यक्ष प्रशान्त विष्टले भने, ‘ अहिलेसम्म त्यसैको मार्केटिङ्ग भैरह्यो ।’ ‘हाम्रा मत कसैले चोरेको छैन’, नेकपा एमालेका नगर नेता दत्त आचार्यले मतपत्र विश्लेषण गरिएको जनाउ दिंदै भने, ‘हामीले आशा गरेका मतहरु प्राप्त गर्न सकेनौं ।’ यद्यपि आफ्ना ‘गढहरु’ बांकी नै रहेकाले निराश नै भैहाल्नु पर्ने बेला नभएको आचार्यको तर्क थियो । वडा नं. ९, १२, १७, १८, १९ र २० एमालेले आशलाग्दो वडाका रुपमा मतगणना पर्खिरहेको छ ।

कांग्रेसले पनि आश मारिसकेको छैन । कांग्रेसले २२ नं. वडा जितेपछि त्यो आशा अझ बलियो बनेको छ । ‘नगरमा जोडिएका तत्कालीन गाविसहरुमा कांग्रेसको प्रभाव र मेयर पदका उम्मेदवार डा. सुरेश कनोडियाको व्यक्ति प्रभाव राम्रो छ’, कांग्रेस नेता भन्छन् । वडा नं. १० र १६ अझ बढी विश्वास गरिरहेको वडा हो काग्रेसले । काग्रेसले राप्रपालाई पछ्याइरहेको छ ।

त्यसो त माओवादीले पनि आशा मारिसकेको छैन । ‘आजसम्मको टेन्डले चुनौति ह्वात्तै बढायो’, माओवादी केन्द्रका नगर अध्यक्ष गोपाल पुनले भने, ‘हामीले आशा गरेका राम्रा वडाहरु आउँदैछन् ।’ त्यसो भनिरहदा उनी भेरी प्राविधिक शिक्षालय तर्फ मतगणनामा सहभागी हुन जादै थिए । माओवादीले ११, १५, १६, १७ बाट अलि बढी आशा गरिरहेको छ । ‘जनताले परिवर्तन भन्दा परम्परागत ढर्रामै अभिमत जाहेर गरे’, मुस्लिम मतको निकै आशा गरेको माओवादीले आशातित परिणाम नपाएको स्वीकार गर्दै पुनले भने, ‘मुस्लिम समुदायले नै धवललाई स्वीकार गरेको देखियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *