सोनाम कपूर अप्रिलमा विवाह बन्धनमा बाँधिने

एजेन्सी, पुस २१। बलिउडमा अहिले कलाकारहरु बिच विवाहको प्रतिस्पर्धा चलिरहेको छ । बलिउड अभिनेत्री अनुष्का शर्माको विवाह समबन्धि खबरहरु सेलाउन नपाई अब चाढै नै अभिनेत्री सोनम कपूर पनि विवाह बन्धनमा बाँधिने खबर सार्वजनिक भएको छ ।

सोनम कपूरले लामो समयदेखिको आफ्नो व्याइफ्रेन्ड आनन्द आहुजासँग यसै अप्रिलमा विवाह गर्ने उनी निकटका स्रोतहरुले बताएका छन् ।

स्रोतका अनुसार यी दुईको विवाह जोधपुरमा हुनेछ । विवाहलाई प्राइवेट बनाउन कपूर परिवारले ३ सय पाहुनाहरु शामिल गर्ने बताएका छन् । रिपोर्टका अनुसार दुवै परिवारले पाहुनाको सुची पनि तयार गर्न सुरु गरिसकेको छ ।

सोनम कपूर लामो समयदेखि दिल्लीका उत्कृष्ट व्यापारी भनिएका आनन्द आहूजासँग प्रेमसम्बन्धमा थिइन् । पछिल्लो २ वर्षदेखि यी दुबै गोप्यरुपमा एकअर्कासँग डेट गरिरहेका थिए । दुबै कहिले लण्डनको भ्याकेसन तथा कहिले कार्यक्रमहरुमा एकैसाथ देखिने गरेका थिए । आनन्द फेसन ब्राण्ड भानेका मालिक हुन् । आनन्दले अमेरिकाको व्हार्टन विजनेश स्कुलमा पढेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =