दुई उपमहानगरमा एमालेको अग्रता

इटहरी, १८ असार । सुनसरी जिल्लाको दुई उपमहानगर धरान र इटहरीमा मतगणनाको पछिल्लो सार्वजनिक नतिजाअनुसार दुवै उपमहानगरमा एमालेले अग्रता लिएको छ । इटहरी उपमहानगरमा नेकपा एमालेका द्वारिकलाल चौधरीले पाँच हजार ८३३ मत र उपप्रमुखमा एमालेकै लक्ष्मी गौतमले पाँच हजार २९५ मत ल्याएर अग्रता लिनुभएको छ । नेपाली काँग्रेसका रोहितकुमार प्रसाईंले पाँच हजार ८०४ र उपप्रमुखमा बिमला ढकालले पाँच हजार २७२ मत ल्याउनुभएको छ ।

यसैगरी, धरान उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका तारा सुब्बाले तीन हजार ७७३ ,उपप्रमुखमा एमालेकै मञ्जु भण्डारीले चार हजार ४१२ मत ल्याई अग्रता लिनुभएको छ भने त्यहाँ नेकाका प्रमुख तिलक राईले तीन हजार २८४ र उपप्रमुखमा काँग्रेसकै श्यामा रेग्मीले चार हजार १०८ मत प्राप्त गर्नुभएको छ । त्यहाँ वडा नं १, २ र ५ मा नेकाले विजय प्राप्त गरेको छ भने नेकपा एमालेले वडा नं ३ र ४ मा सेटै विजय प्राप्त गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा नेकाका राजन मेहेताले तीन हजार ३८५ र उपप्रमुखमा काँग्रेसकै जमुना पोख्रेल गौतमले तीन हजार १२१ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पोष्टकुमार नेपालले दुई हजार २३४ र उपप्रमुखमा कविताकुमारी यादवले दुई हजार ४० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, बराह नगरपालिकामा नेकपा एमालेका निलख खनालले चार हजार ४००, उपप्रमुखमा कमला मगरले चार हजार २८८ मत ल्याई त्यहाँ पनि एमालेको अग्रता प्राप्त भएको छ भने त्यहाँ नेकाले प्रमुखमा बाबुराम बिष्टले तीन हजार ८३०, उपप्रमुख पूजा धामीले पनि चार हजार १०५ मत ल्याउनुभएको छ । त्यहाँ वडा नं १ र २ मा नेका र ३ र ४ वडामा नेकपा एमालेले सेटै जितेको छ ।

यसैगरी, दुहवी नगरपालिकाको प्रमुखमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वेदनारायण गच्छदारले चार हजार ७८ तथा उपप्रमुखकी सुनिता दाहालले तीन हजार ८८२ मत ल्याई अग्रस्थान प्राप्त गरिरहनुभएको छ भने नेकपा एमालेका प्रमुख विनयराज पोख्रेलले तीन हजार २६५ र उपप्रमुख चन्द्रकला विश्वासले तीन हजार ६४२ मत ल्याउनुभएको छ । त्यहाँ ५, ११ र १२ वडामा फोरम लोकतान्त्रिकले विजय प्राप्त गरेको छ भने नेकाले एउटा वडा, नेकपा एमालेले तीनवटा वडामा विजय प्राप्त गरिसकेको छ भने सङ्घीय फोरमले एउटा वडामा जित निकालेको छ । दुहवीमा ७ र १० नं वडाको मतगणना बाँकी रहेको बताइएको छ ।

त्यस्तै, रामधुनी नगरपालिकामा पनि नेकाका प्रमुख जयप्रकाश चौधरीले पाँच हजार ३५७ र उपप्रमुख विजया कट्वालले पाँच हजार ३९७ मत प्राप्त गरी नेकाको अग्रतालाई कायम राख्नुभएको छ । रामधुनीमा नेकपा एमालेका प्रमुख नन्दकुमार बस्नेतले चार हजार ८२ र उपप्रमुखमा सविना चौधरीले चार हजार ६६७ मत ल्याउनुभएका निर्वाचन अधिकृत टुवराज पोख्रेलले जानकारी दिनुभएको छ । रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *