स्थानिय युवा जुटे खैलमैदान निर्माणमा

पुस २१, काठमाडौँ । समृद्ध दारिमज्युला हाम्रो पहिचान, खेलमैदान निर्माण हाम्रो अभियान भन्ने मुल नारा बोकेर छत्रेश्वरी गाउपालिका वडा नं. ३ का युवाहरु यतिबेला खेलमैदान निर्माणमा जुटेका छन् ।

कोर्बाङ्ग झिम्पेको दारिमज्युलामा खेलकुदका लागी उपयुक्त खेलमैदान नभएपछि स्थानिय युवाहरु खेलकुदबाट पछाडी परेको बताउछन् । स्थानिय युवाहरुको पहलमा डिजे स्पोट्र्स कल्वले अभियानको सुरुवात गरेको हो । साविकको झिम्पे र छत्रेश्वरी गाविसका धेरै वडाहरु रहेको छत्रेश्वरी गाउपालिकामा दारिमज्युला, मझाउज्युला, खारखोला, पेदिखोला र श्रीचौर लगाएतका ठाँऊहरुको उपत्यका नै रहेकाले यहाँ खेलमैदान बनाउन उपयुक्त भएको स्थानिय युवा निराजन बुढाथोकी बताउछन् ।

साथै स्थानिय युवाहरुको यस अभियानमा कुनै पनि सरोेकार निकायका नेता तथा जनप्रतिनिधिहरुको साथ नरहेको युवाहरुले गुनासो पोख्दै आएका छन् ।
जिल्ला तथा क्षेत्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाई सकेकोे भएतापनि प्रयाप्त मात्रामा अभ्यासका लागी उपयुक्त खेलमैदानको अभाव भएकाले पनि उत्कृष्ट नतिजा ल्याउन नसकेको उनिहरुको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twenty =