व्यवसायी बलुले आफ्ना साथीभाइलाई दुख दिएको भन्दै गोली हानेर हत्या

“
रुपन्देही, पुष २१ – आफ्ना साथीभाइलार्इ अनावश्यक रूपमा दुख दिएका कारण देखाउँदै रुपन्देही देवदह नगरपालिका खैरहनीमा एक जनाको गोली हानी हत्या गरिएको छ ।
आज शुक्रबार बिहान साढे एघार बजे स्थानीय ३८ वर्षीया वलु पौडेलको गोली लागेर मृत्यु भएको रुपन्देहीका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।
उनी एमालेका सक्रिय कार्यकर्ता तथा व्यवसायी समेत हुन् । मीलमा काम गरिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको रुपन्देही उपरीक्षक भट्टराईले बताए । उनको टाउँकोमा गोली लागेपछि उचारको लागि अञ्चल अस्पताल बुटवल लादै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ ।
स्थानीयका अनुसार बिहान होन्डा साइन मोटरसाइकलमा आएका दुई युवाले पौडेलमाथि गोली प्रहर गरेका थिए । हाल उक्त घटनाबारे प्रहरीले छानविन गरिरहदा घटनाको जिम्मेवारी मनोज पुनको समुहले जिम्मेवारी लिएको छ ।
स्थानीय एक पत्रकारलार्इ फोन गर्दै आफ्नो समुहले हत्या गरेको धम्कि दिएको बताइएको छ । केही समयअघि युवा संघका नेता दुर्गा तिवारीमाथि गोली चलाउनु पूर्व नै आफुहरूको निशानामा बलु रहेको फोनमा मनोज पुनको समुहले बताएको छ । बाँकी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
“








