कञ्चनपुरको पुनर्वासमा झडप

विष्णु  जोशी, कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा प्रहरी र असन्तुष्ट पक्षबीच झडप भएको छ । उक्त क्षेत्रमा मतपरिणामको विषयलाई लिएर विवाद उत्पन्न भए पछी झडप भएको  हो । पुनर्वास नगरपालिका–१ मा फर्जी मत भेटिएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विरोध जनाएपछि शनिबार दिउँसो ३ बजे देखी मतगणना स्थगित गरिएको छ ।


कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले वडा नं १ को मतपरिणामका विषयमा विरोध  जनाउँदै मतगणनास्थलमा दिउँसोपछि नाराजुलुस गर्दै आइरहेका थिए । सोही क्रममा प्रहरी र आन्दोलनरत पक्षबीच झडप हुँदा नेपाल प्रहरी र म्यादी प्रहरी गरी पाँचजना घाइते भएका छन् । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी सहायक निरीक्षक देवबहादुर थलाल घाइते हुनुभएको छ । प्रहरीले स्थिति विग्रिए पछि बेलुकी पाँच राउन्ड हवाईफायर र छ राउन्ड अश्रुग्यास समेत प्रहार गरेको जिल्ला प्रहरि कार्यालय कञचनपुर लै जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *