कक्षा ८ को परीक्षाफल घरमै, ७ सय स्कुलको सबै विवरण अनलाइनमा
२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस २१ । यो वर्ष कक्षा ८ मा परीक्षा दिएका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका छन् । महानगरपालिकाका करिब ७ सय सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका हुन्। स्थानीय तहले यो वर्षदेखि आधारभूत तहको कक्षा ८ को परीक्षा सञ्चालन गर्न थालेपछि सो व्यवस्था गर्न लागेको हो।
काठमाडौं महानगरपालिका शिक्षा विभागले यो वर्षदेखि अनलाइनबाट परीक्षाफल हेर्ने व्यवस्था गर्न लागेको जनाएको छ।
कामपालाई हाइटेक बनाउने योजनाअनुसार ७ सय ४४ वटा स्थानीय निकायमध्ये महानगरपालिकाले पहिलोपटक डिजिटलाइज प्रविधि अपनाएको हो।
कामपाका मेयर विद्यासुन्दर शाक्यले हिजो केएमसी डीईपीटी डट अफ ईडीयू वेबसाइट उद्घाटन गरेर विद्यालयको सम्पूर्ण विवरण अनलाइनमार्फत हेर्न सकिने जनाएको हो।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








