अमेरिका: पाकिस्तानलाई दिँदै आएको सैन्य सहयोग रोक्ने घोषणा

“
अमेरिका, पुस २१ ।अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । पाकिस्तान आतंककारीविरुद्धको कारवाहीमा असफल भएकाले सहयोग रोक्ने घोषणा गरेको अमेरिकी विदेश विभागले जनाएको जनाएको छ ।
आतंककारी संगठन हक्कानी नेटवर्क र अफगान तालिवानविरुद्धको कारवाही तीव्र नपारेसम्म पाकिस्तानलाई कुनै पनि सैन्य सहयोग नदिइने अमेरिकाले जनाएको छ । पाकिस्तानलाई दिइँदै आएको २ सय ५५ मिलियन डलर बराबरको सहयोग रोक्का गरिएको अमेरिकी विदेश विभागका प्रवक्ताले बताएका छन् ।
पाकिस्तानले आतंककारी पालेर त्यस क्षेत्रमा अमेरिकी सेनालाई लक्षित गरी आक्रमण हुने गरेको अमेरिकी आरोप छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को पहिलो ट्वीटमा पाकिस्तानले अमेरिकालाई धोका दिएको र झुट बोलको आरोप लगाउनुभएको थियो । त्यसयता अमेरिका र पाकिस्तानबिचको सम्बन्ध बिग्रिएको छ ।
“








