अपहरणपछि हत्या गरिएका श्रेष्ठको बबई नदीमा अन्त्येष्टी

लोकेन्द्र थापा, नेपालगन्ज । अपहरणपछि हत्या गरिएका तुलसीपुर उपमहानगरपालिका ५ का ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठको बबई नदीमा अन्त्येष्टी गरिएको छ । तुलसीपुरको शितलपुर स्थीत बबई नदिमा गरिएको श्रेष्ठको अन्त्येष्टिमा हजारौंको सहभागिता रहेको थियो । जेठ २६ गते राति अपहरित श्रेष्ठ २१ दिनपछि शुक्रबार सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे लेक भञ्ज्याङ जंगलमा मृत फेला परेका थिए । रकम असुल्नकै लागि अपहरण गरी हत्या गरेको घटना अनुसन्धान टोली प्रमुख राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले बताए ।
हत्या गरिसकेपछि पनि अपहरणकारीले घरमा फोन गरेर ३ करोड फिरौती मागेको उनले बताउनुभयो । यता दाङका उद्योगि ब्यापारिहरुले मध्य पश्चिम प्रहरि प्रमुख विजयलाल कायश्थ संग उद्योगी ब्यापारिहरुको सुरक्षाका लागी ध्यानाकर्षण गराएका छन् । उनीहरुले शनिवार दाङ पुगेका डि आई जि कायश्थ संग एक पछि अर्को घटना घटनु दुखद भएको भन्दै तत्काल सुरक्षाको ग्यारेन्टी गर्ने बातावरण मिलाउन आग्रह गरेका छन् । सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले श्रेष्ठको शोकमा आफुहरुले तिन दिन बजार वन्द गरेको भन्दै तत्काल दोषिहरुलाई पक्राउ गरि कार्वा्हि नगरे कडा आन्दोलन गर्ने चेतावनि समेतदिएका छन् ।
अपहरण र हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जंकोट–१ रोल्पा घर भई घोराही–४ बस्ने ४० वर्षीय रमेश भनिने मनबहादुर पुन, दाङको पवननगर–१ घर भई हाल तुलसीपुर–६ बस्ने २३ वर्षीय रुगत थापा मगर, तुलसीपुर–१२ का २५ वर्षीय कमल भनिने अविरल महतरा र घोराही–१४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन छन् ।यसै गरी झिम्पे–४, सल्यानका ३५ वर्षीय मानबहादुर भण्डारी, तुलसीपुर–६ की १७ वर्षीया पूजा घर्ती मगर, शान्तिनगर–२ घर भई हाल तुलसीपुर–६ बस्ने ४० वर्षीय निर्मल भनिने टीकाराम घर्ती फरार रहेको प्रहरीले जनाएको छ ।
अपहरणमा टीकारामले आफ्नै छोरी पूजालाई प्रयोग गरेको प्रहरीले जानकारी दिएको छ । पूजाले फोन गरेर व्यवसायी श्रेष्ठलाई सल्यानसम्म लगेको र त्यसपछि अन्य समूहले अपहरण गरेको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए । श्रेष्ठसँगै अपहरित भनिएका घोराही हापुरका २८ वर्षीय रणबहादुर घर्ती पनि फरार छन् । उनको पनि घटनामा संलग्नता भएको हुनसक्ने प्रहरीको आशंका छ । बा ११ च १०७१ नम्बरको निजी सेतो रंगको कारमा तुलसीपुरबाट निस्किएका श्रेष्ठको गाडी सल्यानको कपुरकोट गाउँपालिका–५ मेलखोला स्थित भित्री कच्ची सडकखण्डमा फेला परेको थियो । उक्त गाडीको साथमा भारतीय एचपी ११८६४८ नं को गाडी पनि फेला परेको थियो । यता श्रेष्ठको बिभत्स तरिकाले अपहरण पछि हत्या गरिएको भन्दै दाङका बिभिन्न सघ संस्थाहरुले बिरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *