भ्यानको ठक्करले बालिकाको मृत्यु

भक्तपुर, पुस २० । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारबाट सुन्दरवस्तीतर्फ जाँदै गरेको बा १० च ४९२९ नं. को मारुती भ्यानले ठक्कर दिँदा आज एक बालिकाको मृत्यु भएकोे छ ।

भ्यानले काभ्रे जिल्लाको मिल्छे घर भई हाल पाण्डुबजार बस्ने सरोज घ्यावाकी ११ वर्षीया छोरी लक्ष्मी घ्यावालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

बसमा मृत अवस्थामा फेला 

कलैया :  सिम्रौनगढ बजारमा आज बसमा एकजना मृत अवस्थामा भेटिएका छन् । पतरौता नगरपालिका–१ वैरियाका ५० वर्षीय ग्यासुदिन अन्सारी मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक लालबहादुर सिंहले जानकारी दिए ।

प्रहरी निरिक्षक सिंहका अनुसार कलैयाबाट बिहान ९ बजे ना ३ ख ५६१९ नम्बरको बसमा चढेका अन्सारी १२ बजे सिम्रौनगढ बजार पुग्दा बसमै मृतअवस्थामा भेटिएका थिए । घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =