दुईथान पेस्तोलसहित एकजना पक्राउ

काठमाडौँ, पुष २० । दुईथान पेस्तोलसहित कोटेश्वरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कोटेश्वरस्थित न्यू सुनकोसी गेस्टहासबाट खोटाङ घर भई इटहरी बस्ने सुवास कार्की नाम गरेको व्यक्तिलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए।

उनको साथबाट एकथान कटुवा पेस्तोल र त्यसका प्रयोग हुने ३ थान गोली त्यसैगरी एकथान रिभल्बर र त्यसमा प्रयोग हुने २ राउण्ड गोली बरामद गरेको प्रवक्ता जोशीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =