मुम्बईमा आगलागी हुँदा ४ को मृत्यु

काठमाडौं, पुस २० । भारतको मुम्बईमा आगलागी हुँदा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ ।
मुम्बईको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा आज बिहान आगो लागेको हो । मृत्यु हुने चार व्यक्तिमध्ये १० र १४ वर्षका दुई बालबालिका रहेको जनाइएको छ ।

आगलागीमा परी घाइते भएका पाँच जनाको उपचार भइरहेको मुम्बईको प्रकोप व्यवस्थापन विभागका प्रवक्ताले बताएका छन् ।

मुम्बईमा गत डिसेम्बर २९ मा पनि बजार र रेस्टुरेन्टमा भएको लागलागीमा परी १४ जनाको मृत्यु भएको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =