न्यायो कपडा पाएपछि मुसहर बालबालिका दंग 

सर्लाही, पुस २० । चिसोबाट प्रभावित सर्लाही चक्रघट्टाका ८० मुसहर बालबालिकालाई न्यानो कपडा बाडिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन २ नम्बर प्रदेश कमिटीले ती बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।

अनेरास्ववियू २ नम्बर प्रदेश संयोजक आरती लामाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यतामा चक्रघट्टा गाउपालिका ७ पटेर्वाका चिसो प्रभावित बालबालिकालाई जाडोमा लगाउने बाक्लो न्यानो सुईटर र ट्रयाक सुईट बाडिएको कार्यक्रम संचालक स्ववियूका राष्ट्रिय परिषद सदस्य सरोजवावु न्यौपानेले जानकारी दिनु भयो ।

न्यानो कपडा वितरण कार्यक्रममा बोेल्दै अनेरास्ववियूका नेताहरुले जाडोबाट प्रभावित बालबालिकालाई चिसोबाट बचाउनु राज्यको दायित्व भएको भए पनि राज्यले अनादेख गरेपछि आफुहरु काठमाण्डौ देखि राहत लिएर आएको बताएका थिए ।

कार्यक्रममा सर्लाही क्षेत्र नम्बर १ ख की प्रदेश सदस्य बेची लुंगेली, चक्रघट्टा गाउपालिकाका उपाध्यक्ष बसोदा देवि यादव, अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य मोतीलाल विक, केन्द्रीय सदस्य रवि राय, राजकिशोर यादव,अन्जना शिवाकोटी,प्रतिक्षा कार्की, रामलाल राय, एमाले नेता भरत कार्की, पत्रकार अमन कोईराला, रोशन न्यौपाने, सुनिल ठाकुर लगायतको उपस्थिती रहेको प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष अच्यूत सापकोटाले जानकारी दिनु भयो । न्यानो लुगा पाए पछि चिसोबाट प्रभावित बालबालिका खुशि भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =