राष्ट्रिय ह्याण्डवल प्रतियोगितामा पश्चिमाञ्चलको विजयी सुरुवात

“
पुस २०, पोखरा । पोखरामा सुरु भएको राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा पश्चिमाञ्चलले विजयी सुरुवात गरेको छ । घरेलु टिम पश्चिमाञ्चलले विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ लाई ३०, २२ हराउदै विजयी सुरुवात गरेको हो ।
नेपाल ह्याण्डबल सङ्घको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल सङ्घको आयोजना पोखरा रङ्गशालामा सञ्चालन भएको उक्त प्रतियोगिता अन्र्तगत १८ औँ पुरुष ह्याण्डवल प्रतियोगितामा महिला तथा पुरुषका लिग चरणको खेल सञ्चालन सुरु हुने भएको छ ।
यही पुस २२ गतेसम्म पोखरामा सञ्चालन हुने १८ औँ पुरुष तथा ९ औँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको दुई विभागिय र पाँच विकास क्षेत्रका एक/एक गरी महिला तथा पुरुष तर्फ ७/७ टिमको सहभागिता हुने रहेको छ ।
प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको दुई बिभागिय सहित पाँच विकास क्षेत्रका एक/एक गरी महिला तथा पुरुष तर्फ ७/७ टिम हुने भएको हो । प्रतियोगितामा सहभागी हुने छ । प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषको टिमलाई ३०/३० हजार, उपविजेतालाई २०/२० हजार र तेस्रो हुनेलाई १०/१० हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ ।
प्रतियोगिता बाट उत्कृष्ट खेलाडीहरु छनौट गरी सन २०१९ मा नेपालमा आयोजना हुने १३ औ साग खेलका लागि खेलाडी छनौट समेत गरिने हुँदा यो प्रतियोगिता नेपाली ह्याण्डबल खेलका लागि महत्त्वपूर्ण रहेको बताएको छ ।
“








