आफ्ना पूर्व प्रमुख रणनितिकार स्टिभ ब्याननमाथि ट्रम्पको कडा निन्दा

“
काठमाडौं, पुस २० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्व प्रमुख रणनितिकार स्टिभ ब्याननको कडा रुपमा निन्दा गर्नु भएको छ । उहाँले ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उहाँले मानसिक सन्तुलन गुमाएको बआरोप लगाउनु भएको छ ।
हालै एउटा पुस्तकमा ब्याननलाई उदृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता देशद्रोहपूर्ण र मुलुक विरोधी भएको उल्लेख गरिएको वीवीसीले लेखेको छ ।
एउटा विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ब्याननसँग आफ्नो वा आफ्नो पदको कुनै लिनुदिनु नरहेको र महत्वपूर्ण व्यक्तिका रुपमा देखाउन सञ्चारमाध्यमहरुलाई सूचना चुहाएर समय बिताएको टिप्पणी गर्नु भएको छ । ट्रम्पले रुसी अधिकारीसँग साँठगाँठ रहेको भन्ने आरोपमा एउटा विशेष संयन्त्रले अनुसन्धान गरिरहेको पनि खुलाउनु भएको छ ।
“








