धनकुटाको पाख्रीवासमा एमालेको प्यानलै विजयी

धनकुटा, असार १७ । पूर्वी पहाडी जिल्ला धनकुटाको पाख्रीवास नगरपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । पाख्रिबास नगपालिकाको मेयर र उपमेयरसहित ५२ वटै पदमा नेकपा एमालेको प्यानलै विजयी भएको हो ।
१० बटा वडा रहेको नगरपालिकाको मेयरमा एमालेका विर्खबहादुर राईले ४ हजार ४३९ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसकी इन्दीरा थापाले १ हजार ६२८ मत मात्र प्राप्त गरीन् ।
उपमेयरमा एमालेकै देवकला पौडेल तिम्सीनाले ४ हजार ४२६ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका ज्ञानबहादुर गुरूङले १ हजार ८३३ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम गुरुङले १ हजार ५६५ र माओवादीका कृष्णबहादुर कटुवालले १००६ मत प्राप्त गरेका छन् । उपमेयरमा राप्रपाकी पवित्रा श्रेष्ठले १ हजार १६९ र माओवादीकी करुणा राईले १ हजार १०२ मत पाएका छन् । यो राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सुनिलबहादुर थापाले मतदान गरेको नगरपालिका हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *