‘५ महिना भयाे‘ भन्दै नायिका निशा अधिकारीले फाेटाे पाेस्ट गरेपछि

१८ पौष, काठमाडौं। नायिका निशा अधिकारी आमा बन्ने भएकी छिन्। नयाँ वर्ष २०१८ को अवसरमा उनले आफू बन्न लागेको सार्वजनिक गरिन् । उनले फेसबुकमार्फत आमा बन्न लागेको सार्वजनिक गरेकी हुन्।

निशाले गत असार १६ गते क्रिकेटर शरद भेषावकरसँग विवाह गरेकी थिइन्। उनले आफू गर्भवती भएको ५ महिना भइसकेको समेत लेखेकी छिन्। जुन दिनदेखि आफ्नो गर्भमा बच्चा बस्यो त्यही दिनदेखि आफू आमा भइसकेको निशाको भनाइ छ।

निशा नायिका मात्र नभएर फिल्म निर्मात्री पनि हुन्। उनले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ यसै वर्ष प्रदर्शनमा आएको थियो। थोरै फिल्मबाट धेरै चर्चा बटुल्न सफल नायिका हुन निशा । निशाको पहिलो चलचित्र मिसन पैसा हो । त्यसपछि नैना रेसम, फस्ट लभ हुँदै अपवाद, मेरो भ्यालेन्टाईन, मायाज बार, धुवाँ, जय परशुराम लगायत फिल्ममा अभिनय गरिन् । उनी सन् २००५ को मिस इन्टरनेश्नलको उपाधि पाए सँगै मोडलिङ्ग हुँदै फिल्म क्षेत्रमा आएकी हुन् ।

उनले अभिनय गरेको स्नो फ्लावर्सले राम्रो चर्चा बटुलेको थियो । उनका सफल चलचित्रमा फस्ट लभ, अपवाद पर्दछन् । निशा नेपाली फिल्म क्षेत्रमा शिक्षित नायिकामा पर्दछिन् । उनले अर्थशास्त्र, पोलिटिकल साईन्स र सोसियोलोजिमा डबल व्याचलर गरेकी छिन् । अमेरिकाबाट फिल्म स्टडिजको कोर्ष पनि गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *