स्पेन फाइनलमा पराजित हुँदा जर्मनीलाई यू २१ को उपाधि

एजेन्सी – पहिलो हाफको अन्तिम समयतिर मिचेल वाइसरको फ्लिक हेडरमा भएको गोल निर्णायक साबित भएपछि युरोपेली यू २१ च्याम्पियनसिप अन्तर्गत शुक्रबार रातीको फाइनल खेलमा जर्मनीले स्पेनलाई १-०ले पराजित गर्दै उपाधि जितेको छ।

खेलको ४०औं मिनेटमा जेरेमी टोल्यानले दायाँ विङ्गबाट गरेको क्रसमा वाइसरले गरेको फ्लिक हेडर फार पोष्टमा सिधै गोलमा परिणत भएको थियो। खेलको सुरुवातमा स्पेनले पूर्णरुपमा दबाव दिएपनि जर्मनी खेलमा फर्किएको थियो। दुवै टोलीका गोलरक्षकले केहि उत्कृष्ट बचाउ गरेका थिए ।

दुवै टोलीबाट दोश्रो हाफमा अवसरहरु बनेपनि थप गोल हुन नसक्दा जर्मनीले विजय हासिल गरेको थियो। उपाधिको दावेदार मानिएको स्पेनले आशातित प्रदर्शन गर्न सकेन। साउल, एसेन्सियो, डेउलेफेउ लगाएतका अनुभवी खेलाडीहरुले मौकाको सदुपयोग नगर्दा स्पेनले हारको सामना गर्नुपरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *